पहिरोमा बेपत्ता दुई गाडीको गोताखोरबाट खोजी शुरू

पहिरोमा बेपत्ता दुई गाडीको गोताखोरबाट खोजी शुरू

काठमाडौं : चितवनमा भएको दुर्घटनास्थलमा सशस्त्र प्रहरीको नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर सहितको टोलीले उद्धार कार्य शुरू गरेको छ।

असार २८ गते विहान तीन बजे चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस बगाएको थियो।

दुर्घटनामा बेपत्ता भएका विङ्गरमा सवार २१ जना र बसमा सवार ४१ जनाको खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट बाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ।

असार २७, २०८१ शुक्रबार ०९:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।