चितवनमा सडक माथिबाट खसेको ढुङ्गा लागेर बस चालक मृत्यु

चितवनमा सडक माथिबाट खसेको ढुङ्गा लागेर बस चालक मृत्यु

काठमाडौं : चितवनमा सडक माथिबाट खसेको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ।

विहान तीन बजे चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसको चालकलाई ढुङ्गाले लागेर मृत्यु भएको हो।

मृत्यु हुनेमा बस चालक जिल्ला नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीया मेगनाथ विक रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापा बताएका छन्।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर पठाएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

सह-प्रवक्ता थापका अनुसार अहिले बस घटनास्थलमै रहेको छ भने बसमा सवार यात्रु सकुशल छन्।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट २०  जनाको टोली र नेपाल प्रहरि परिचालन भएको थियो।

असार २७, २०८१ शुक्रबार ०८:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।