प्रधानमन्त्री दाहालले पाँचौं पटक विश्वासको मत लिँदै

प्रधानमन्त्री दाहालले पाँचौं पटक विश्वासको मत लिँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदैछन्।

विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री दाहालले विगत डेढ वर्षमा पाँचौं पटक विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए। ती मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन्। 

सुरुवाती चरणमा एमाले अधक्ष्य केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको नेताहरूले बताएका छन्।

तर सहमतिको ११ दिन बित्दासमेत सहमतिको पत्र सार्वजनिक भएको छैन। 

असार २७, २०८१ शुक्रबार ०७:२५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।