चितवनमा पहिरोले बगायो दुई यात्रुवाहक बस, खोजी कार्य जारी

चितवनमा पहिरोले बगायो दुई यात्रुवाहक बस, खोजी कार्य जारी
फाइल तस्बिर

काठमाडौं : चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा यात्रुवाहक बस बगाएको छ।

शुक्रबार बिहान अन्दाजी साढे ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स भरतपुर महानगरपालिका-२९ सिमतालमा पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन्।

बसको खोजीका लागि ७५ जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव भेषराज रिजालले जानकारी दिए।

असार २७, २०८१ शुक्रबार ०७:२०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।