प्रदीप यादवको स्वकीय सचिवको दाबी 'निवर्तमान मन्त्रीज्यूले अनियमितता गर्नु भएको छैन'

प्रदीप यादवको स्वकीय सचिवको दाबी 'निवर्तमान मन्त्रीज्यूले अनियमितता गर्नु भएको छैन'

काठमाडौँ : कर्मचारी सरुवा गर्दा निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप यादवले घुस नलिएको उनको स्वकीय सचिवले दाबी गरेका छन्।

विभिन्न स्वास्थ्य संस्थामा सरुवाका लागि कर्मचारीसँग मागिएको घुसको रेटसहित उकेरामा प्रकाशित समाचारबारे खण्डन पठाउँदै यादवका स्वकीय सचिव निखिल वनरवालले यादवले सरुवा, बढुवा लगायतका कामहरूको लागि घुस नलिएको दाबी गरिएको छ।

'स्वास्थ्यमन्त्री हुँदा माननीयज्यूले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा कुनै प्रकारको घुस लिनुभएको छैन' खण्डनमा दाबी गरिएको छ।

समाचारमा गरिएका दाबीहरू पूर्णतः झूटा, आधारहीन, प्रमाणविहीन र खण्डनयोग्य रहेको दाबी गरिएको छ।

यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुँदा स्वास्थ्य मन्त्रालयअन्तर्गत भएका सबै सरुवा, नियुक्ति र पदस्थापनहरू पारदर्शी, निष्पक्ष र कानुनसम्मत तरिकाले गरिएको उनको दाबी छ।

खण्डन पत्रमा सचिवालयका सदस्यहरू गलत गतिविधिमा संलग्न नरहेको दाबी गरिएको छ। सचिवालयका सदस्यहरू कुनै अवैध क्रियाकलापमा संलग्न नभएको दाबी गरिएको छ।

खण्डन पत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीहुँदा  यादवले स्वास्थ्य सेवामा सुधार ल्याउन देशभरका सरकारी अस्पतालहरूको अनुगमन गर्दै त्यहाँ रहेका बेथितिहरूको सुधारका लागि ठोस कदम चालेको थप दाबी समेत गरिएको छ।

खण्डन पत्र


उकेराको धारणा
सरुवाको समयमा सचिवालयबाट रकम माग भएका व्यक्ति लगायतकासँग सूचना पुष्टि र पूनपुष्टीका आधारमा प्रकाशित समाचारको विश्वसनीयतामा उकेरा विश्वस्त छ। ठेकेदारको भुक्तानीका लागि यादवको सचिवालयका सदस्यले अस्पताल प्रमुखलाई दबाब दिएको विषयमा उनकै सचिवालय सदस्यले चासो मात्र राखेको भनेर स्वीकार गरेको प्रमाण उकेरासँग सुरक्षित छ।

असार २६, २०८१ बिहीबार १९:३०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।