प्रधानमन्त्री नबन्दै एमालेबाट मन्त्रीहरू छान्दैछन् ओली

प्रधानमन्त्री नबन्दै एमालेबाट मन्त्रीहरू छान्दैछन् ओली

काठमाडौं :  एमालेमा नयाँ बन्ने सरकारको लागि मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीले पाएका छन्।

बुधबार बसेको सचिवालय बैठकले मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको सचिव पदमा अर्यालले जानकारी दिइन्। 

‘पार्टी अध्यक्ष आफैं प्रधानमन्त्री बन्दै हुनुहुन्छ, कस्तो टीम बनाउने भन्ने उहाँलाई नै बढी थाहा हुने भयो। उहाँले नै छान्नुहुन्छ’, उनले भनिन्। 

कांग्रेस-एमाले सहमति अनुसार एमालेले प्रधानमन्त्रीसहित १० मन्त्रालय पाउने बताइएको छ। त्यसको लागि दुई पार्टीभित्र मन्त्री बन्ने आकांक्षीहरूको संख्या थुप्रै छ। मन्त्री छान्ने जिम्मेवारीसँगै ओलीले मन्त्रीहरू छान्ने कार्य प्रारम्भ गरिसकेका छन्। 

एमालेले योग्यताको आधारमा मन्त्रीहरू छान्ने बताए पनि ओली आफैंले त्यो जिम्मेवारी पाएपछि उनको विश्वासपात्र हुनुपर्ने अनि मात्र मन्त्री बन्न पाइने एमाले नेताहरू बताउँछन्।  

असार २६, २०८१ बिहीबार १८:१६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।