प्रधानमन्त्री र मन्त्रीहरू नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रधानमन्त्री र मन्त्रीहरू नआएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित भएको छ।

बैठक सुरू हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम प्रतिनिधि सभा बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकोले कार्यसूचीमा रहेका सबै कार्यक्रम सूचीबाट हटाइए।

प्रतिनिधिसभा बैठक सुरु हुँदा मन्त्रिपरिषद्को बैठक बसिरहेकाे थियाे।

अब अर्को बैठक असार २८ गते शुक्रबार बिहान ११ बजे बस्ने छ। 

शुक्रबारको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ। 

असार २६, २०८१ बिहीबार १७:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।