संसदमा १४ सिट भएको राप्रपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

संसदमा १४ सिट भएको राप्रपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने
फाइल

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ।

बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टी प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए। 

आगामी सरकारमा सहभागी हुने वा नहुनेबारे छल;फल भइनसकेको उनले बताए। 

'संविधान संशोधनको एजेन्डा हाम्रो हो। अब बन्ने गठबन्धनले प्यान्डोरा बक्स खोल्छ खोल्दैन हामी हेर्छौँ र निर्णय गर्छौँ,' उनले भने। 

असार १७ कांग्रेस र एमाले मिलेर सरकार बनाउने निर्णय गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। 

मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ।

प्रधानमन्त्री दाहालले शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन्। 

असार २६, २०८१ बिहीबार १६:३६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।