३६ करोड लागतमा भद्रकाली मन्दिरको पुनर्निर्माण सुरू

३६ करोड लागतमा भद्रकाली मन्दिरको पुनर्निर्माण सुरू

काठमाडौं : काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरूको पुनर्निर्माणको कार्य सुरू गरेको छ। 

महानगरले दक्षिण पश्चिम भागबाट भद्रकाली परिसरको पुनरुत्थान सुरू गर्ने निर्णय गरेबमोजिम आज उपमेयर सुनिता डङ्गोलको उपस्थितिमा शिलान्यास गरेर पुनर्निर्माणको थालिएको हो। 

शिलान्यासपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमेयर डङ्गोलले निर्माण कार्यलाई कुनै किसिमको राजनीतिक हस्तक्षेप र असफल बनाउने काम नगर्न आग्रह गरिन्। 

भद्रकाली र परिसर बन्नु काठमाडौं महानगरपालिको एउटा पूर्वाधार बन्नु मात्र नभई सांस्कृतिक, ऐतिहासिक र धार्मिक पक्षलाई जीवित राख्ने कार्य रहेको भन्दै छिटो निर्माण गर्न आवश्यक रहेको बताइन्।

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन्। यसको पुनर्निर्माणको लागत अनुमान करिब ३६ करोड रुपैयाँ छ। 

वरिष्ठ इञ्जिनियर रवीन्द्र रिजालका अनुसार निर्माण पक्षसँग ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा सम्झौता रकम तय भइसकेको छ।

यसको निर्माण अवधि तीन वर्ष हुनेछ। 

असार २६, २०८१ बिहीबार १५:०२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।