सीता दाहालको प्रथम स्मृति दिवसमा ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन

सीता दाहालको प्रथम स्मृति दिवसमा ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरेका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको प्रधानमन्त्री दाहालकी जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रममा सीता दाहालको तस्वीरमा पुष्पगुच्छा एवं माल्यार्पण गर्नका साथै पुस्तक विमोचन पनि गरेका हुन्।

श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरू थिए।

सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे। सीता परिवर्तनका योद्धाका रूपमा  सधैँ स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेकी सीता दाहाल वि.सं. २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लागेकी थिइन् भने वि.सं. २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन्।

असार २६, २०८१ बिहीबार १४:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।