तीन सन्तानलाई जलाएर मारेको आरोपमा अष्ट्रेलियामा एक पिता पक्राउ

तीन सन्तानलाई जलाएर मारेको आरोपमा अष्ट्रेलियामा एक पिता पक्राउ

एजेन्सी : अष्ट्रेलियाका एक नागरिकमाथि आफ्ना तीन सन्तानको हत्यापछि घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्न प्रयास गरेको आरोप लागेको छ।

आइतबार बिहान सिड्नी क्षेत्रमा भएको घटनामा आगलागीमा परी पाँच महिनाकी बालिका, साढे दुई वर्ष र ६ वर्षका बालकको मृत्यु भएको अष्ट्रेलियाको समाचार संस्था एबीसीले जनाएको छ।

साढे दुई वर्षका बालक गम्भीर अवस्थामा घरबाट बाहिर निकाल्न सफल भए पनि उनको उपचारको क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ।

छिमेकी र आकस्मिक सेवाहरूले बाँकी सदस्यहरूलाई सुरक्षित रूपमा घरबाट बाहिर निकाल्ने प्रयास गरेका थिए। चार, सात र ११ वर्षका तीन बालक र एक नौ वर्षीया बालिका आफ्नी आमासँगै भएकाले बाँचेका छन्।

२८ वर्षीय पुरुषमाथि तीनवटा हत्या, पाँच वटा ज्यान मार्ने प्रयास र सम्पत्ति नष्ट गरेको आरोप छ। अष्ट्रेलियाको सरकारले घरेलु हिंसालाई ‘राष्ट्रिय संकट’ घोषणा गरेको बेला यस्तो खबर आएको हाे।

असार २६, २०८१ बिहीबार १०:१७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।