विश्वासको मतबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ।
पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरूसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत/नदिनेबारे निर्णय गर्ने बताइएको छ।
सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्ति लगायतका दलहरूले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।
मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ।
प्रधानमन्त्री दाहालले शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन्।
असार २७, २०८१ बिहीबार ०८:४३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।