कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने
निर्णायक र एक मात्र गोलकर्ता जफरसन लेर्मा

काठमाडौं : कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्यो।

उरुग्वेका लागि खेलको ३९औं जफरसन लेर्माले गरेको गोल नै निर्णायक बन्यो।

पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डेनियल मुनोज दोहोरो पहेँलो कार्ड खाँदै खेलबाट बाहिरिए पनि त्यसको फाइदा उरुग्वेले उठाउन सकेन।

जितसँगै अब सोमबार विहान हुने फाइनल खेलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ।

असार २६, २०८१ बिहीबार ०८:०३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।