जिम्बावेविरुद्धको तेस्रो टी-२० मा भारत विजयी

जिम्बावेविरुद्धको तेस्रो टी-२० मा भारत विजयी

एजेन्सी : पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा भारतले जिम्बावेलाई २३ रनले पराजित गरेको छ।

यो जितपछि भारतीय टोली यस सिरिजमा जिम्बावेसँग २-१ ले अगाडि छ।

जिम्बावेको हरारेमा भएको तेस्रो टी-२० खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो। उसका लागि कप्तान शुभमन गिलले सर्वाधिक ६६ रन बनाए।

१८३ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेको टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाउन सक्यो। उसका लागि डियोन मेयर्सले ६५ रन बनाए।

भारतका लागि वासिङ्टन सुन्दरले ४ ओभरमा १५ रन दिएर सर्वाधिक ३ विकेट लिए।

उत्कृष्ट बलिङका लागि सुन्दरलाई प्लेयर अफ द म्याच घोषित गरियो।

असार २६, २०८१ बिहीबार ०७:५०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।