बेलायती सांसद बब ब्ल्याकम्यानले गीतामा हात राखेर शपथ लिएपछि...

बेलायती सांसद बब ब्ल्याकम्यानले गीतामा हात राखेर शपथ लिएपछि...

एजेन्सी : बेलायती सांसद बब ब्ल्याकम्यानले भागवत गीता र किंग्स जेम्स बाइबल हातमा लिएर शपथ लिएका छन्।

बुधबार संसद् भवनमा भएको सांसदहरूको शपथ ग्रहण समारोहमा उनले गीता र बाइबल हातमा लिएर शपथ लिएका हुन्।

कन्जरभेटिभ पार्टीका सांसद ब्ल्याकम्यानले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आम निर्वाचनपछि संसदमा पुन: फर्किँदा राजा चार्ल्सप्रति वफादारीको शपथ किंग्स जेम्स बाइबल र गीतामा लिन पाउँदा मलाई गर्व छ।’

बब ब्ल्याकम्यान ह्यारो ईस्ट, ग्रेटर लन्डनका सांसद हुन्। त्यहाँ हिन्दु र भारतीय समुदायको ठूलो जनसंख्या छ। त्यहाँ बसोबास गर्ने धेरैजसो भारतीय ब्ल्याकमेनको समर्थक मानिन्छन्।

गत वर्ष फेब्रुअरीमा भारतको भ्रमण गरेका ब्ल्याकम्यानलाई सन् २०२० मा भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री प्रदान गरिएको थियो।

यसअघि सन् २०१९ मा आमनिर्वाचनपछि पनि ब्ल्याकम्यानले बाइबलसँगै भगवत गीताको शपथ लिएका थिए।

असार २६, २०८१ बिहीबार ०७:४४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।