प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न इजरायली सेनाले निर्देशन

प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न इजरायली सेनाले निर्देशन

एजेन्सी : इजरायली सेनाले उत्तरी गाजामा तीव्र सैन्य कारवाही गरिरहँदा दक्षिणदेखि मध्य गाजासम्मका सबै स्थानीयलाई ठाउँ खाली गर्न निर्देशन दिएको छ।

विमानबाट खसेका पर्चाहरूले सबै बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान र खतरनाक युद्धबाट टाढा रहन भनिएको छ।

संयुक्त राष्ट्र संघले गाजामा इजरायलले दिएको शहर छाेड्ने आदेशप्रति चिन्ता व्यक्त गरेको छ।

युद्ध सुरु भएपछि गाजा शहरलाई पूर्ण रूपमा खाली गर्न भनिएको यो दोस्रो पटक हो।

पछिल्ला दुई हप्तामा इजरायली सेना गाजा शहरका धेरै जिल्लाहरूमा पुन: प्रवेश गरेको छ।

हमास र प्यालेस्टिनी इस्लामिकहरू जिहाद वर्षको सुरुदेखि नै पुन: संगठित भएको सेनाको विश्वास छ।

यसबारे हमासले भनेको छ, ‘इजरायलको नयाँ गतिविधिले सम्भावित युद्धविराम र बन्धक रिहाइ सम्झौतामा बुधबार कतारमा पुनः सुरु भएको वार्ता निष्कर्षमा नपुग्न सक्छ।’

गाजा शहरमा अझै २.५ लाखभन्दा बढी मानिस बसोबास गरिरहेको अनुमान गरिएको छ र केही मानिसहरू दक्षिणतिर बसाइँ सरेको देखिएको छ।

असार २६, २०८१ बिहीबार ०७:३०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।