प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौं : संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपराह्न ४ बजे बस्ने बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९/०८०) पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरूले समसामयिक राष्ट्रिय विषयमा आ–आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ।

असार २६, २०८१ बिहीबार ०७:२०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।