रौतहटमा १८ वर्षीय पुरुषको शव भेटियो, लागूऔषध सेवन गर्ने क्रममा विवाद भएपछि हत्या भएको आशंका

रौतहटमा १८ वर्षीय पुरुषको शव भेटियो, लागूऔषध सेवन गर्ने क्रममा विवाद भएपछि हत्या भएको आशंका

काठमाडौं : रौतहटमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ। 

इशनाथ नगरपालिकामा–९ लवतनाका १८ वर्षीय सहबाज मिया आलमको हत्या गरेर अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मियालाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो। उनको शव इशनाथ नगरपालिकाको कार्यालय अगाडिको आप बगैँचामा फेला परेको छ। 

एकै समूहमा बसेर लागूऔषध सेवन गर्ने क्रममा विवाद भएपछि गएराति हत्या भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए। 

यसअघि यमुनामाई गाउँपालिकाको वडा नम्बर ४ मा रहेको झाँझ खोलमा अन्दाजी ३० वर्षिया महिलाको शव फेला परेको थियो। पानीमा महिलाको शव रहेको भन्ने सूचना आएपछि सशस्त्र प्रहरी बल, नेपाल बिओपी बेलविछवाबाट विपद् उद्दारका सामग्री सहित टोली परिचालन भएको थियो। 

मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहट यी दुवै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ। 

असार २५, २०८१ बुधबार १८:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।