एमालेमा अध्यक्ष ओलीले जति पनि पद पाउने, अरूलाई दोहोरो भूमिका नदिइने

एमालेमा अध्यक्ष ओलीले जति पनि पद पाउने, अरूलाई दोहोरो भूमिका नदिइने

काठमाडौं : एमालेमा अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य सबैमा एक व्यक्ति एक पद लागू गरिने भएको छ। 

बुधबार बसेको सचिवालय बैठकमा यो प्रस्ताव पेश भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। सोहीअनुरूप एमालेमा अबदेखि कार्य विभाजन गर्दा नेताहरूलाई दोहोरो जिम्मेवारी नदिइने निर्णय भएको छ। 

‘यो एमालेको प्रचलनकै कुरा हो। विगतमा पनि हामीले यस्तो अभ्यास गरेका थियौं। अहिले यो सचिवालय बैठकको एजेन्डाको रूपमा आएको छ। विस्तृत छलफल हुन बाँकी नै छ,’ उपाध्यक्ष पाण्डेले भने। 

एक व्यक्ति, एक जिम्मेवारी मापदण्डअनुरूप अब एमालेबाट सरकारमा जानेहरूले पार्टी कामको जिम्मेवारी छोड्नुपर्ने हुन्छ। तर, अध्यक्ष ओलीलाई त्यसो गर्नुपर्दैन। 

ओली अहिले पार्टी अध्यक्ष र संसदीय दलको नेता छन्। कांग्रेस-एमाले गठबन्धनबाट सम्भवतः उनी प्रधानमन्त्री बन्दैछन्। अब ओलीले मुलुक, पार्टी र संसदीय मोर्चाको नेतृत्व ओलीले एकसाथ गर्नेछन्।

असार २५, २०८१ बुधबार १६:५३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।