२३.२५ अंकले बढ्यो नेप्से

२३.२५ अंकले बढ्यो नेप्से

काठमाडौं : सेयर बजार नेप्से २३.२५ अंकले बढेको छ।

बुधबार सेयर बजार परिसूचक नेप्से २३ दशमलव २५ अंकले बढेर २१७५ दशमलव  ४० को विन्दुमा पुगेको छ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार सर्वाधिक भएको छ भने बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन्।

३२२ कम्पनीको ७२ हजार ७ सय १४ पटकको कारोबारमा १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ रहेको छ।

सेन्सेटिभ इन्डेक्स ४ दशमलव  ८२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव  ६६ अंकले बढेको छ। १३ उप-समूहमध्ये १२ वटाको बढेको छ भने विकास बैंक १३ दशमलव  २० अंकले घटेको छ।

असार २५, २०८१ बुधबार १६:१६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।