कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा

कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीले देखाए कालो झण्डा

काठमाडौं : कोशी प्रदेशको पुन: नामकरणको माग राख्दै आन्दोलनरत पहिचानवादी पक्षले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई कालो झण्डा देखाएका छन्। 

बुधबार तेह्रथुमको कार्यक्रममा सहभागी हुन जाँदा जिरी बजारमा भेला भएका पहिचानवादीले मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाए। 

यसअघि पनि उनी मुख्यमन्त्री छँदा ओखलढुंगामा कालो झण्डा देखाइएको थियो। 

कालो झण्डा देखाउने क्रममा प्रहरीसँग सामान्य घम्साघम्सी भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।  

कार्की मुख्यमन्त्री भएकैबेला प्रदेशको नाम कोशी राखिएको थियो। त्यसैकारण उनीसँग पहिचानवादी पक्षधर असन्तुष्ट छन्। 

असार २५, २०८१ बुधबार १४:४८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।