धान रोप्ने क्रममा चट्याङ लागेर २ महिलाको मृत्यु

धान रोप्ने क्रममा चट्याङ लागेर २ महिलाको मृत्यु

काठमाडौं :  बाँकेमा धान रोप्ने क्रममा चट्याङ लागेर २ महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुरका ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार गाउँमा धान रोप्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो। 

चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन्। उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

असार २५, २०८१ बुधबार १४:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।