राहुल द्रविडले बीसीसीआईले दिएको पाँच करोड बोनसमध्ये आधा रकम नलिने

राहुल द्रविडले बीसीसीआईले दिएको पाँच करोड बोनसमध्ये आधा रकम नलिने

एजेन्सी : भारतीय राष्ट्रिय क्रिकेट टिमका निवर्तमान मुख्य प्रशिक्षक राहुल द्रविडले बीसीसीआईले दिएको पाँच करोड रुपैयाँमध्ये आधा नलिने घोषणा गरेका छन्।

भारतीय टोलीलाई टी-२० विश्वकप जिताउन योगदान दिने खेलाडी र प्रशिक्षकहरूका लागि बीसीसीआईले १२५ करोड भारतीय रुपैयाँ बोनस दिने घोषणा गरेको थियो।

सोही रकममध्ये मुख्य प्रशिक्षक द्रविडले पाँच करोड रुपैयाँ पाउने तय भएको थियो। तर, उनले आफूले पाउने मध्ये आधा रकम अस्वीकार गरेका हुन्।

अन्य प्रशिक्षक तथा कोचिङ स्टाफलाई साढे दुई करोड रुपैयाँ मात्र दिने तय भएपछि द्रविडले पनि अन्य प्रशिक्षक सरह साढे दुई करोड रुपैयाँ लिएर बाँकी साढे दुई करोड नलिने घोषणा गरेका हुन्।

विश्वकप जिताउन सबै टोलीको योगदान समान रहेको भन्दै उनले साढे दुई करोड रुपैयाँ नलिने घोषणा गरेका हुन्।

द्रविडको प्रशिक्षणमा भारतले टी२० विश्पकपको उपाधि जितेको थियो भने एक दिवसीय विश्वकप र वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको थियो।

असार २५, २०८१ बुधबार १४:२५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।