संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार बन्छ : एमाले

संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार बन्छ : एमाले

काठमाडौं : एमालेले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६(२) नै प्रयोग हुने जनाएको छ।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूमाझ बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार नै बन्ने बताएका हुन्।

उनले यस बारेमा माओवादी केन्द्रले जानीजानी भ्रम फैलाउन खोजेको उनको आरोप छ।

उनले भने, ‘जानी जानी फैलाउन खोजिएको भ्रम हो। संविधान अस्पष्ट छैन, हाम्रा अभ्यासहरू अस्पष्ट छैनन्। सरकार संविधानको धारा ७६(२) अनुसार नै बन्छ।’

उनले सहमति अनुसार कांग्रेस र एमाले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने बताए।

उनले भने, ‘यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियत अनुसार स्थान दिन्छौँ।’

असार २५, २०८१ बुधबार १३:५२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।