भारतले जिम्बावेविरुद्ध आज तेस्रो टी२० खेल्दै

भारतले जिम्बावेविरुद्ध आज तेस्रो टी२० खेल्दै

काठमाडौं : जिम्बावे भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले आज तेस्रो टी२० क्रिकेट खेल्दैछ।

खेल आज दिउँसो पौने पाँच बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुनेछ। पाँच खेलको टी२० सिरिजमा जिम्बावे र भारत १–१ को बराबरीमा छन्।

पहिलो खेलमा जिम्बावेले भारतलाई १३ रनले पराजित गर्दा दोस्रो खेलमा भारतले त्यसको बदला लिएको थियो।

दोस्रो खेलमा भारतले जिम्बावेलाई १ सय रनले पराजित गरेको थियो। जसमा अभिषेक शर्माले शतकीय पारी खेलेका थिए।

उनले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय टी२० खेलमै शतक बनाएका हुन्।

मुख्य टोली विश्वकपबाट फर्किएको समयमा भारतले आफ्नो जुनियर टोलीलाई जिम्बावे पठाएको छ। जसमा विश्वकप टोलीमा समावेश रिंकु सिंह, सञ्जु सामसन सहभागी छन्।

भारतीय टोलीको नेतृत्व शुभमन गिलले गर्दैछन् भने जिम्बावे कप्तान सिकन्दर राजा छन्।

असार २५, २०८१ बुधबार १२:४५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।