युक्रेनलाई दर्जनौं एयर डिफेन्स सिस्टम उपलब्ध गराउने बाइडेनको घोषणा, अन्य चार देशले सहयोग गर्ने

युक्रेनलाई दर्जनौं एयर डिफेन्स सिस्टम उपलब्ध गराउने बाइडेनको घोषणा, अन्य चार देशले सहयोग गर्ने

एजेन्सी : अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकमा राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौं एयर डिफेन्स सिस्टम उपलब्ध गराउने बताएका छन्।

वासिङ्टन डिसीमा भएको नेटो बैठकमा आफ्नो सम्बोधनमा बाइडेनले अमेरिका र अन्य चार पश्चिमी देशले एयर डिफेन्स सिस्टम दिने बताएका हुन्।

अमेरिकी अधिकारीहरूले यस प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली, अन्य रणनीतिक एयर डिफेन्स सिस्टम र यसका विभिन्न भागहरू समावेश हुनेछन्।

अमेरिकाबाहेक जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटालीले एयर डिफेन्स सिस्टम  आपूर्ति गर्नेछन्। यस वर्षको अन्त्यसम्ममा एयर डिफेन्स सिस्टमका विषयमा थप निर्णय लिइने र यसमा बेलायत, क्यानडा, नर्वे र स्पेन समावेश हुनेछन्।

रुसको पछिल्लो मिसाइल आक्रमणपछि युक्रेनी अधिकारीहरूले मंगलबार थप एयर डिफेन्स सिस्टम उपलब्ध गराउन अपील गरेका छन्।

सोमबार युक्रेनको बाल अस्पतालमा मिसाइल खस्दा ३६ जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए।

असार २५, २०८१ बुधबार १२:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।