बिहारबाट दिल्ली गइरहेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु, १९ जना घाइते

बिहारबाट दिल्ली गइरहेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु, १९ जना घाइते

एजेन्सी : भारतको उत्तर प्रदेशको उन्नावमा बुधबार विहान भएको सडक दुर्घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा १४ पुरुष, २ महिला र २ बालबालिका रहेका छन्। १९ जना घाइते भएका छन्।

आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट दिल्लीतर्फ गइरहेको स्लीपर बस दुर्घटना भएको हो। यो बस दूधको ट्याङ्करसँग ठोक्किएको हो।

दुर्घटना उन्नावको गढा गाउँ नजिकै एक्सप्रेसवेको माइलस्टोन नम्बर २४८ नजिक भएको थियो।

ट्यांकरलाई ओभरटेक गर्ने क्रममा ठोक्किएपछि बस एक्सप्रेसवेमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटना अधिकांश यात्रुको घटना घटनास्थलमै मृत्यु भएको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। घाइतेहरूलाई उपचारका लागि उन्नावको बांगरमाउ सीएचसीमा पठाइएको छ। केही गम्भीर घाइते यात्रुलाई उपचारका लागि लखनउ पठाइएको छ।

असार २५, २०८१ बुधबार ११:३९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।