चितवनमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर : चितवनमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

काठमाडौंबाट काकरभिट्टातर्फ जाँदै गरेको प्रदेश१-०२-००२ख ०३५३ नम्बरको बसले मंगलबार बेलुकी पौने ९ बजे साइकललाई ठक्कर दिँदा भरतपुर महानगरपालिका-११ भोजाडका ७२ वर्षीय खेमलाल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते अधिकारीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा उपचार भई रहेकोमा निजको उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको हो।

दुर्घटनापछि बस र चितवनको रत्ननगर  नगरपालिका-१२ बस्ने ४४ वर्षीय बस चालक रेशम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असार २५, २०८१ बुधबार ०९:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।