पृथ्वी राजमार्ग दैनिक पाँच घण्टा अवरुद्ध हुने, गल्छी-छहरे-टोखा सडक प्रयोग गर्न आग्रह

पृथ्वी राजमार्ग दैनिक पाँच घण्टा अवरुद्ध हुने, गल्छी-छहरे-टोखा सडक प्रयोग गर्न आग्रह

नुवाकोट : मर्मतका लागि पाँच घण्टा पृथ्वी राजमार्ग अवरुद्ध हुने भएपछि सडक विभागले गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न आग्रह गरेको छ।

विभाग अन्तर्गतको नागढुङा-मुग्लिन सडक योजनाले सूचना निकालेर सडक क्षेत्रमा पर्ने विभिन्न पुल निर्माणको चरणमा रहेकाले वैकल्पिक मार्ग छहरे-टोखा प्रयोग गर्न सार्वजनिक सूचना जारी गरेको हो।

असार २६ गते बुधबारदेखि साउन ९ गतेसम्म दैनिक रूपमा बेलुकी १० बजेबाट बिहान ३ बजेसम्म बाटो बन्द हुने सडक डिभिजनले जनाएको छ।

अत्यावश्यक सवारीसाधन भने गुड्न दिइने सूचनामा उल्लेख छ।

असार २५, २०८१ बुधबार ०९:४४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।