एनआईसी एसियाले भाखा नाघेर एक वर्षसम्म कर्जा नतिरेका ग्राहकलाई ब्याजमा छुट दिने

एनआईसी एसियाले भाखा नाघेर एक वर्षसम्म कर्जा नतिरेका ग्राहकलाई ब्याजमा छुट दिने

काठमाडौं : एनआईसी एशिया बैंकले २०८० चैत मसान्तसम्म भाखा नाघेका कर्जाका ऋणीहरूलाई छुट दिने भएको छ।

ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुटको व्यवस्था गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए।

उनका अनुसार भाखा नाघेको ९१ देखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्म २५ प्रतिशत र ३६५ दिनभन्दा बढीका भाखा नाघेका ग्राहकहरूलाई साधारण ब्याजमा ३५ प्रतिशत छुट दिन लागेको हो।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्।

बैंकले ल्याएको छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्धत पुग्ने बैंकको विश्वास छ।

असार २५, २०८१ बुधबार ०९:०७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।