क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, मेस्सीले गरे गोल

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, मेस्सीले गरे गोल

काठमाडौं : साविक विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गरेको छ।

अमेरिकाको जर्सीस्थित इस्ट रथरफर्डमा भएको मेटलाइफ स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले फाइनल पुगेको हो।

अर्जेन्टिनाका लागि पहिलो गोल खेलको २२औं मिनेटमा रोड्रिगो डी पलको असिस्टमा जुलियन अल्भारेजले गरे। पहिलो हाफमा गोलका अवसरहरू दुवै टोलीले सिर्जना गरे पनि गोल गर्न असफल भएपछि खेल १-० मा सकियो।

दोस्रो हाफमा अर्जेन्टिनाले पुनः एक गोल ठोक्यो। दोस्रो गोल भने कप्तानी लियोनल मेस्सीले गरे। उनने हानेको गोलमा इन्जो फर्नान्डेजले असिस्ट गरे। दोस्रो हाफमा मेस्सीकै गोल अन्तिम रह्यो।

त्यसपछि कुनै पनि टोलीबाट गोल हुन नसकेपछि अर्जेन्टिना २-० ले विजयी भएर फाइनल पुग्यो।

अब अर्जेन्टिनाले उरुग्वे र कोलम्बियाको विजेतासँग उपाधिका लागि भिड्नेछ। दोस्रो सेमिफाइनल भोलि विहान पौने ६ बजे हुनेछ।

असार २५, २०८१ बुधबार ०७:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।