गायिका एन्जिला भन्छिन् ‘सङ्गीतकारको गलत कामबारे बोल्दा मेन्टल ह्रयारेसमेन्टमा परेँ’

गायिका एन्जिला भन्छिन् ‘सङ्गीतकारको गलत कामबारे बोल्दा मेन्टल ह्रयारेसमेन्टमा परेँ’

काठमाडौँ : गायिका एन्जिला रेग्मीले गायिकाहरूमाथि गलत व्यवहार गर्ने संगीतकारबारे मिडियामा बोल्दा आफू मानसिक ह्यारेसमेन्टमा परेको बताइन्। शुक्रवार साप्ताहिकमा साङ्गीतिक क्षेत्रमा भएका गलत गतिविधिबारे बोल्दा करिब ६ महिना आफू काम विहीन भएको र मानसिक रूपमा समेत तनाव भएको एक टेलिभिजन कार्यक्रममा खुलाएकी हुन्।

सो साप्ताहिकमा उनले एक सङ्गीतकारले गीत गाउने अवसर दिने भन्दै आफूमाथि गरेको दुर्व्यवहारबारे बोलेकी थिइन्।

उनले भनेकी थिइन् ‘पुतलीसडक, सेयर मार्केटनजिकै मुख्य चोकबाट थोरैभित्र अँध्यारो कोठामा रहेको कार्यालयमा पुर्याएर ती सङ्गीतकारले हात समातेर काखमा बसाउन खोजे,’ उनले कहालीलाग्दो क्षण सम्झिइन्, ‘बाउ समान मान्छेको नियत मैले बुझिहालेँ। भोलि आउँछु, आज काम पर्यो भनेर तत्काल बाहिर निस्किएँ।’

आफूले सत्य बोले पनि साङ्गीतिक क्षेत्रमा भने बहिष्कारसम्मको तयारी भएको र त्यसले अलि मानसिक तनाव दिएको उनले बताइन्। सो समाचार प्रकाशित भएको करिब दुई वर्षपछि ती सङ्गीतकार सङ्ग भेटहुँदा ‘मिडियामा किन भनेको बरु मलाई नै भनेको भए हुन्थ्यो’ भन्दा आफूले त्यो बेलामा तपाइको दिमागमा जे आयो त्यही भन्नु भयो अनि त्यो बेलामा मलाई जे लाग्यो त्यही बोलेँ भनेको उनले कार्यक्रममा खुलाएकी छिन्।

असार २४, २०८१ मंगलबार १८:३६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।