नक्कली लाइसेन्स प्रकरणमा १५ जना प्रतिवादी, प्रति लाइसेन्स एक लाख घुस लिएको दाबी

नक्कली लाइसेन्स प्रकरणमा १५ जना प्रतिवादी, प्रति लाइसेन्स एक लाख घुस लिएको दाबी

काठमाडौँ : जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुटवलस्थित यातायात कार्यालयका तत्कालीन प्रमुखसहित १५ जनाविरुद्ध नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।

नक्कली लाइसेन्सबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानको प्रस्तावित राय अनुसार मङ्गलवार लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको हो।

अभियोग पत्रमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख केशव अर्याल, त्यहीँ कार्यरत शाखा अधिकृत सुवास पौडेल, यातायात कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत पदमराज आचार्य, यातायात कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर राजेश लम्साल, यातायात कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलीपकुमार साह, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका केशव पौडेललाई प्रतिवादी बनाइएको छ।

अभियोग पत्रमा उनीहरूले प्रति लाइसेन्स एक लाख लिएर पुरानो ढड्डाको तथ्यांक डिजिटलमा राख्ने बेलामा गलत तथ्याङ्क राखेर नक्कली लाइसेन्स दिने गरेको दाबी गरिएको छ।

असार २४, २०८१ मंगलबार १८:०६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।