मेयर बालेनले वडाध्यक्षको संशोधन प्रस्ताव स्वीकार गरेपछि पास भयो महानगरको नीति तथा कार्यक्रम

मेयर बालेनले वडाध्यक्षको संशोधन प्रस्ताव स्वीकार गरेपछि पास भयो महानगरको नीति तथा कार्यक्रम

काठमाडौँ : तीन वडा अध्यक्षले राखेको संशोधन प्रस्तावसहित नीति तथा कार्यक्रम पारित गर्न मेयर बालेन शाह राजी भएपछि काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ।

३२ जेठमा महानगरका मेयर शाहले पेस गरेको नीति कार्यक्रममाथि असार २ मा वडाध्यक्षहरूले संशोधन प्रस्ताव राखेपछि उनले दलको निर्देशन अनुसार नगरसभामा आएको भन्दै सामाजिक सञ्जालमा लेखेर विवाद बढाएका थिए।

असार २ मा पारित हुन नसकेपछि मङ्गलवार नगरसभा राखिएको थियो। मङ्गलवारको नगरसभाले नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, एमालेका तर्फबाट निर्वाचित ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुली र एकीकृत (समाजवादी) बाट निर्वाचित वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले नीति तथा कार्यक्रममाथि पेस गरेको संशोधन प्रस्ताव स्वीकार गरेपछि सर्वसम्मत पारित भएको हो।

असार २४, २०८१ मंगलबार १७:५९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।