शेखर उभिए ७६ (२) अनुसार एमाले सरकारको पक्षमा

शेखर उभिए ७६ (२) अनुसार एमाले सरकारको पक्षमा

काठमाडौँ : नेपाली कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएपछि विपक्षमा देखिएका नेता डा शेखर कोइरालाले मङ्गलवार कांग्रेस-एमाले सरकारको पक्षमा देखिए।

संसद्को पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन हुनु लोकतन्त्रको विपक्षमा हुने अभिव्यक्ति दिएका उनले मङ्गलवार भने दुइटा ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा स्थिर सरकार बन्ने र आफू यसैको पक्षमा रहेको दाबी गरे

उनले सरकार संविधानको धारा ७६ (२) अनुसारै बन्ने भन्ने अन्यलाई समेत विश्वस्त रहन आग्रह गरेका थिए।

‘शेखर त ७६ (३) कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनेँ। तर मैले  पहिले नै भनिसकेको छु हामीलाई स्थिर सरकार चाहिएको हो। अब अर्थतन्त्रलाई  अगाडि बढाउने हिसाबले दुई दल कांग्रेस र एमाले मिलेका हौँ’ उनले दाबी गरे।

असार २८ मा प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भनेको र विश्वासको मत लिने अधिकार संविधानले नै दिएको बताउँदै उनले राजीनामा गर्नुपर्छ या विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला नभएको बताएका थिए। उनले सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित नहुने समेत बताए।

असार २४, २०८१ मंगलबार १७:४८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।