नेप्से परिसूचक बढेर २१५२ विन्दुमा पुग्यो

नेप्से परिसूचक बढेर २१५२ विन्दुमा पुग्यो

काठमाडौँ : मंगलबार सेयर बजार २१५२.१४ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक १५.७९ अङ्क बढेर बजार बन्द भएको हो। मंगलबार सेन्सेटिभ इन्डेक्स ३.४७ अङ्क बढ्यो भने फ्लोट इन्डेक्स १.११ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अङ्क बढेको छ।

मंगलबार कारोबार रकम बढेर ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भयो। सोमबार करिब साढे ४ अर्बको शेयर खरिदबिक्री भएको थियो।

मंगलबार गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढ्यो। युनिक नेपाल लघुवित्तको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढ्यो। नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ४ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। मंगलबार कम्पनीको १९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

नेपाल फाइनान्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भयो भने जानकी फाइनान्सको कारोबार रकम साढे १३ करोड नाघ्यो।

१३ उपसमूहमध्ये मंगलबार ८ उपसमूहको परिसूचक बढ्यो। ४ उपसमूहको परिसूचक घटेको छ। लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत बढेको छ।

मंगलबार विकास बैङ्क उपसमूहको परिसूचक साढे २ प्रतिशत बढ्यो। वित्त, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घट्यो। म्युचुअल फन्ड उपसमूहको परिसूचक भने स्थिर रह्यो।

असार २४, २०८१ मंगलबार १५:३९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।