१५ ठाउँमा पहिरो आउँदा बन्द भएको कर्णाली राजमार्ग खुल्यो

१५ ठाउँमा पहिरो आउँदा बन्द भएको कर्णाली राजमार्ग खुल्यो

काठमाडौँ : शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आज मङ्गलवारबाट सुचारु भएको छ।

चार दिनदेखि पहिरो खसेर बन्द रहेको कर्णाली राजमार्ग खुलेको हो। सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए। यस्तै सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नु परेको थियो।

कर्णाली राजमार्ग अन्तर्गत टिमुरे भिड, गाल्जे पिली, गगन खोला, एसमोड र हुल्म बजारलगायत १५ ठाउँमा पहिरो आएपछि कर्णाली राजमार्ग शनिबारदेखि बन्द रहेको थियो। कर्णाली राजमार्ग अवरुद्ध हुँदा सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरू पनि अलपत्र परेका थिए।

असार २४, २०८१ मंगलबार १५:२६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।