खोला वरिपरि घर बनाउनेबारे मापदण्ड बनाउन सांसद आरजुको माग

खोला वरिपरि घर बनाउनेबारे मापदण्ड बनाउन सांसद आरजुको माग

काठमाडौँ : नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले खोला किनारमा घर बनाउन सरकारले मापदण्ड बनाउनुपर्ने बताएकी छिन्। मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउन सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताइन्।

‘नेपाल सरकारले कुन ठाउँमा बस्ती बसाउन सुरक्षित हो, कुन ठाउँ सुरक्षित होइन भनेर भनिदिनुपर्छ। भूमि सुधार मन्त्रालय छ, तर मन्त्रालयले जहाँको पनि जग्गा किनबेच गर्न दिन्छ। मध्यवर्ती क्षेत्र जीवजन्तुको सुरक्षाको लागि राखेका छौँ। तर मान्छेको सुरक्षाको लागि पनि खोलाको वरिपरि घर बनाउनु हुँदैन’ उनले भनिन्।

उनले घर कहाँसम्म बनाउने, कहाँसम्म नबनाउने भन्ने मापदण्ड तयार पार्नुपर्ने बताइन्।

हालै भएको वर्षामा खोला किनार वरिपरि रहेका अधिकांश घरहरू डुबाउनमा परेका थिए। डुबानका कारण ठुलो धनजनको क्षति भयो।

खोला वरिपरि घर बनाउँदा विपद्मा पर्ने गरेको भन्दै उनले खोला वरिपरि कति दूरीसम्म घर बनाउन सकिन्छ भन्ने प्रस्ट मापदण्ड बनाउन आग्रह गरिन्।

असार २४, २०८१ मंगलबार १४:५५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।