पुरानो बानेश्वरबाट रेष्टुरेन्टमा जुवातास खेलिरहेका ९ जना जुवाडे पक्राउ

पुरानो बानेश्वरबाट रेष्टुरेन्टमा जुवातास खेलिरहेका ९ जना जुवाडे पक्राउ

काठमाडौं : काठमाडौंको पुरानो बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ पक्राउ गरेको जनाएको छ। 

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ९ सय ८० रूपैयाँ ६ बुक तास सहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ। 

असार २४, २०८१ मंगलबार १३:४८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।