रास्वपाबाट निकालिएपछि के भने मुकुलले?

रास्वपाबाट निकालिएपछि के भने मुकुलले?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएका डा मुकुल ढकालले 'घन्टी बज्न नरोकिने' बताएका छन्।

पदीय जिम्मेवारीबाट निष्काशित भएपछि उनले सामाजिक संजालबाट घन्टी बज्न नरोकिने भन्दै रास्वपामै रहने संकेत गरे। 

'...रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन,' उनले लेखेका छन्। 

उनले रास्वपालाई सभापति रवि लामिछानेको 'क्लब'को संज्ञा दिएका छन्। 

उनले लेखेका छन्, 'रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन।' 

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीमा साधारण सदस्य मात्र रहनेगरी अन्य सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ। जसअनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका दिइएको छ।

इलाम निर्वाचनपछि पार्टीको अवस्थाले अनुगमनको जिम्मेवारी पाएका मुलुकले पार्टीको अवस्थाबारे निर्मम समीक्षा गर्दै प्रतिवेदन बुझाए लगत्तै प्रतिवेदनबारे मिडियामा सार्वजनिक गरेपछि नेतृत्व पङती उनीसँग रिसाएको थियो।

केन्द्रीय समितिको बैठक लाइभ गर्ने माग सम्बोधन नभएपछि बैठकमा मास्क र कालो टेप टाँसेर सहभागी भएका उनले अनुशासनहीनता व्यवहार गरेको भन्दै एक साता निलम्बनको निर्णय गरेको थियो। 

असार २४, २०८१ मंगलबार १३:१७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।