साधारण सदस्य मात्र रहनेगरी कारबाही गर्यो रास्वपाले मुकुललाई

साधारण सदस्य मात्र रहनेगरी कारबाही गर्यो रास्वपाले मुकुललाई

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाएको छ। 

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन्।

रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ। जसअनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका दिइएको छ।

तर, ढकालको पदको जिम्मेवारी कसैलाई दिएको छैन।

इलाम निर्वाचनपछि पार्टीको अवस्थाले अनुगमनको जिम्मेवारी पाएका मुलुकले पार्टीको अवस्थाबारे निर्मम समीक्षा गर्दै प्रतिवेदन बुझाए लगत्तै प्रतिवेदनबारे मिडियामा सार्वजनिक गरेपछि नेतृत्व पङती उनीसँग रिसाएको थियो।

केन्द्रीय समितिको बैठक लाइभ गर्ने माग सम्बोधन नभएपछि बैठकमा मास्क र कालो टेप टाँसेर सहभागी भएका उनले अनुशासनहीनता व्यवहार गरेको भन्दै एक साता निलम्बनको निर्णय गरेको थियो।

पार्टीले सार्वजनिक गरेको मुकुलको प्रतिवेदनमा पार्टीका नेताहरू सुविधाभोगी भएको, पार्टी नेतृत्वको व्यवहारका कारण प्रश्नहरू उठेको, गत निर्वाचनमा काठमाडौँ-४ मा कांग्रेस उम्मेदवार गगन थापासँग सहकार्य गर्नु गलत भएको लगायतका विषय समेटिएको छ।

असार २४, २०८१ मंगलबार १२:५८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।