बाढीले बगाउँदा उदयपुरमा २ जनाको ज्यान गयो

बाढीले बगाउँदा उदयपुरमा २ जनाको ज्यान गयो

काठमाडौं : शुक्रबार देखिको वर्षाले आएको बाढीमा परी उदयपुरमा १ बालकसहित २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतामाई गाउँपालिकामा ५ वर्षीय राज राई र बेलका नगरपालिकाका ५० वर्षीय इन्द्र बुढाथोकी छन्। 

शनिबार स्थानीय अमृत खोलामा आएको बाढीले बगाउँदा राजको निधन भएको हो भने बेलका नगरपालिका ३ सातपत्रेस्थित गिनेरी खोलाले बगाउँदा इन्द्रको ज्यान गएको प्रहरीले जनाएको छ। 

दुवै मृतकहरुको शव स्थलगत प्रहरी सर्जमिन मुचुल्का गरी पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।  

एसपी थापाका अनुसार वर्षाका कारण अन्य विभिन्न ठाउँमा घर भत्काउनुका साथै खेत कटान तथा बालीनाली नष्ट गरेको खबर आइरहेको छ।  

असार २४, २०८१ मंगलबार १२:२६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।