बिराटनगरमा ग्याङ फाइट हुँदा २१ वर्षीय पुरुषको ज्यान गयो, दुईजना घाइते

बिराटनगरमा ग्याङ फाइट हुँदा २१ वर्षीय पुरुषको ज्यान गयो, दुईजना घाइते

काठमाडौं :  बिराटनगरमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। 

सोमबार राति बिराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै भएको ग्याङ फाइटको क्रममा छुरा प्रहार हुँदा कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनीको मृत्यु भएको हो। 

मृतक कमातकाे शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ। 

झडपमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए। घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रेफर गरिएको छ।

प्रहरीले अहिलेसम्म घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। 

असार २४, २०८१ मंगलबार १०:४२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।