युरो २०२४ को पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै

युरो २०२४ को पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै

काठमाडौं : युरो २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्सबीच खेल हुँदैछ। खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुनेछ।

स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २-१ गोलले हराएर आएको छ। 

यता, फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

स्पेनले जारी युरोमा अहिलेसम्म ११ गोल गरिसकेको छ भने जम्मा २ गोल मात्र बेहोरेको छ। फ्रान्सले भने अहिलेसम्म गरेको २ गोल गरेको छ।  

स्पेन १२ वर्षपछि युरो फाइनलमा पुग्ने लक्ष्यमा छ भने फ्रान्स पछिल्लो ८ वर्षमा चौथो पटक मुख्य प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ। फ्रान्सले सन् २०१८ मा फिफा विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा युरो फाइनल र २०२२ मा विश्वकप फाइनल खेलेको थियो।

स्पेन र फ्रान्स दुवै छैटौं पटक युरो कपको सेमिफाइनल खेल्दैछन्। यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले जितेको छ।  

असार २४, २०८१ मंगलबार ०९:५२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।