प्रधानमन्त्रीले राजीनामा नदिएपछि नयाँ रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्रीले राजीनामा नदिएपछि नयाँ रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं : एमालेको सचिवालय बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। 

गत सोमबार एमाले र कांग्रेसबीच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको बताइएको छ। बैठकमा मुलत: यही गठबन्धनबारे छलफल हुने छ। 

कांग्रेस-एमाले गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन पटकपटक आग्रह गर्दासमेत प्रचण्डले नटेरेपछि अब के गर्ने भनी बैठकमा छलफल हुने बताइएको छ। 

बैठकमा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए। 

यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन्। 

असार २४, २०८१ मंगलबार ०८:०७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।