प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं : संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठक बस्नेछ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। 

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

असार २५, २०८१ मंगलबार ०७:५५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।