राष्ट्रपतिले गरे लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसद्का दुवै सदनबाट पारित भई सोमबार विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाइएको थियो। 

अध्यादेश प्रतिस्थापन विधेयक भएकाले ६० दिनको संवैधानिक सीमा दबाबका कारण राष्ट्रपति पौडेलले सोमबार नै विधेयक प्रमाणीकरण गरे।

सभामुख देवराज घिमिरेले विधेयक प्रमाणित गरेर पठाएलगत्तै राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन्। 

सरकारले लगानी सम्मेलन लक्षित गरी वैशाखमा अध्यादेश सिफारिस गरेको थियो। सिफारिस अनुसार वैशाख १६ गते अध्यादेश जारी भएको थियो। 

प्रतिस्थापन विधेयक भने जेठ २८ गते मात्र संसद्मा दर्ता भएको थियो। 

असार २४, २०८१ मंगलबार ०७:५१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।