बाढी-पहिरो अपडेट : १९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति

बाढी-पहिरो अपडेट : १९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति

काठमाडौं : गत शुक्रबारदेखि सोमबारसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण विभिन्न १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्। 

सडक विभागको रिपोर्ट अनुसार संखुवासभा, लमजुङ, गुल्मी, स्याङ्जा, सिन्धुपाल्चोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङका विभिन्न सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन्। ११० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन्। 

यो वर्ष मनसुन सुरू भएदेखि अहिलेसम्म सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ। 

बाढी, पहिरो लगायतका विपद्मा ७४ जनाको मृत्यु भएको छ। विपदमा ५ जना बेपत्ता भएका छन् भने ८८ जना घाइते भएका छन्। 

यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८/१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४/४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म २ हजार दुई सय ९६ परिवार विस्थापित भएका छन्।

असार २४, २०८१ मंगलबार ०७:४५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।