मुकुलमाथि के कारबाही गर्ने?, निर्णय गर्न मङ्गलवार रास्वपाको बैठक बस्दै

मुकुलमाथि के कारबाही गर्ने?, निर्णय गर्न मङ्गलवार रास्वपाको बैठक बस्दै

काठमाडौँ : निलम्बित महामन्त्री मुकुल ढकालबारे थप निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्गलवार केन्द्रीय समितिको बैठक बोलाएको छ। यस अगाडिको बैठकले ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गर्दै उनीबारे थप अनुसन्धान गर्ने जिम्मेवारी अनुसन्धान समितिलाई दिएको थियो।

समितिले आइतबार प्रतिवेदन बुझाएको थियो। पार्टीले आइतबार बिहानका लागि केन्द्रीय समितिको बैठक बोलाए पनि पुन स्थगित गरेको थियो। सोमबार पुन मङ्गलवार बिहान ८ बजेका लागि पार्टीले बैठक बोलाएको हो।

इलाम निर्वाचनपछि पार्टीको अवस्थाले अनुगमनको जिम्मेवारी पाएका मुलुकले पार्टीको अवस्थाबारे निर्मम समीक्षा गर्दै प्रतिवेदन बुझाए लगत्तै प्रतिवेदनबारे मिडियामा सार्वजनिक गरेपछि नेतृत्व पङती उनीसँग रिसाएको थियो।

केन्द्रीय समितिको बैठक लाइभ गर्ने माग सम्बोधन नभएपछि बैठकमा मास्क र कालो टेप टाँसेर सहभागी भएका उनले अनुशासनहीनता व्यवहार गरेको भन्दै एक साता निलम्बनको निर्णय गरेको थियो।

पार्टीले सार्वजनिक गरेको मुकुलको प्रतिवेदनमा पार्टीका नेताहरू सुविधाभोगी भएको, पार्टी नेतृत्वको व्यवहारका कारण प्रश्नहरू उठेको, गत निर्वाचनमा काठमाडौँ-४ मा कांग्रेस उम्मेदवार गगन थापासँग सहकार्य गर्नु गलत भएको लगायतका विषय समेटिएको छ।

असार २३, २०८१ सोमबार १५:५४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।