अमेरिकामा पार्कमा पौडी खेल्न गएका एक नेपालीको डुबेर ज्यान गयो

अमेरिकामा पार्कमा पौडी खेल्न गएका एक नेपालीको डुबेर ज्यान गयो

एजेन्सी : अमेरिकाको ग्लेसियर नेसनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ। 

गएको शनिबार बेलुका २८ वर्षीय नेपाली युवक आफ्ना साथीहरूसँग पौडी खेल्न स्थानीय म्याकडोनाल्ड तालमा गएका थिए। साथीहरूका अनुसार पौडी खेल्न नजान्ने उनी केही बेरमा नै पानीमुनि पुगे र बाहिर निस्किएनन्। 

उनको शव करिब ४० फिट तल भएको उद्धार दलले पत्ता लगाएको थियो। शव बेलुका ८ः३० बजेतिर बाहिर निकालिएको थियो। 

ती नेपाली युवक ओरेगनको पोर्टल्यान्डमा बस्दै आएका र साथीहरूसँग बिदा मनाउन त्यसतर्फ गएका बताइएको छ।

उनको नाम भने खुलाइएको छैन। पार्कका अधिकारीहरूले उनको  परिवारलाई खबर गरिदिन नेपाल कन्सुलेटलाई घटनाबारे जानकारी गराएका छन्।

ग्लेसियर नेसनल पार्क उत्तरपश्चिम मोन्टानामा अवस्थित छ।  

असार २३, २०८१ सोमबार १०:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।